५ जेष्ठ २०८१, शनिबार

 बाम गठबन्धनले काँग्रेसलाई गुन लगाएको छ


कार्तिक १०, काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाम गठबन्धनले नेपाली काँग्रेसलाई धेरै गुन लगाएको बताएका छन् ।छरपष्ट भएको काँग्रेसलाई आफनो झगडा मिलाई एकताबद्ध बनाउन बाम गठबन्धनले सहयोग पुगेको स्पष्ट पारे । ‘काँग्रेस छरप्रष्ट भईसकेको थियो ।’ उनले भने–‘हाम्रो हालत खराब हुने भयो भनेर काँग्रेसीहरु एकैठाँउमा मिल्न आए । तर हामीलाई रिल्याक्स होला भन्ने डर भयो ।’ उनले रिल्याक्स हुने अवस्था नभएको भन्दै चुनावमा गम्भीर हुनुपर्ने बताए ।

पोखरास्थित कान्तिपुर पार्टी प्यालेसमा शुक्रबार कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नजिकिदै गएको प्रदेश तथा प्रतिनिधि सभाको चुनावपछि एउटै कम्युनिष्ट पार्टी हुने बताए । ‘केही दिनको लागि एमाले-माओवादी पार्टी हो’ उनले भने–‘चुनावपछि नेपालमा एउटै कम्युनिष्ट पार्टी हुन्छ ।’ निर्वाचनमा मुख्यत उम्मेदवार छान्दा पार्टी एकताको उद्देश्यलाई राखेको उनले सुनाए । अध्यक्ष प्रचण्डले भने–‘चुनावमा जो उठेपनि पार्टीको उम्मेदवार ठानेर चुनाव जिताउन पर्यो ।’ पार्टी एकतालाई केन्द्रविन्दुमा राखिएको भन्दै उनले ६०–४० को अनुपातमा क्राईटेरिया बनाइएको जिकिर गरे ।

‘हामी पनि कट्टर र एमाले पनि कट्टर भएर बसेको भए यो स्थिति आउने थिएन् ।’ उनको भनाई थियो–‘बाम गठबन्धनले एक्कासौं शताब्दीमा नेपालमा कम्युनिजम नै आउने लागेको छ भनेर विश्वले नै अचम्म मानेको छ ।’ बाम गठबन्धनले चुनावमा सकारात्मक बातावरण बनेको बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !