११ मंसिर २०८१, मंगलबार

स्याङजाको स्वरेकमा पहिलो पटक अन्तराष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता हुने


कार्तिक १०, स्याङ्गजा | बाबु एडभेञ्चर क्लब र जिल्ला समन्वय समिति स्याङजाको आयोजनामा स्याङजाको स्वरेक मैदानमा पहिलो पटक अन्तराष्ट्रिय खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता तथा राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता २०७४ हुने भएको छ । यही कार्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा उक्त प्रतियोगिता हुने भएको क्लवका अध्यक्ष एवं कार्यक्रम संयोजक कृष्णजङ्ग के.सी.ले बताए ।

उक्त प्रतियोगितामा नेपाल सहित करिब १० देशका विदेशी प्याराग्लाईडिङ पाईलटहरुको सहभागिता हुने भएको केसीले जनाए । ६ दिन सम्म चल्ने प्रतियोगितामा नेपालका करिब दुई सय जना सहित ३ सय जना सहभागी हुने भएको उनले जनाए । नेपाली हवाई खेलाडीहरुको नेपालमै पहिलो पटक टिम समेत घोषणा गर्न पनि छनौट प्रतियोगिता आयोजना हुने भएको नेपाल प्याराग्लाईडिङ तथा ह्याण्ड ग्लाईडिङ स्ांघका प्रमुख प्रशिक्षक सानु बाबु सुनुवारले बताए । उनका अनुसार तीन चरणमा हुने छनौट प्रतियोगिताबाट उत्कृष्ट हुने नेपाली खेलाडीहरुलाई सन २०१८ मा ईण्डोनेसियामा हुने “एशियन ओलम्पिक गेम” का लागि नेपाली राष्ट्रिय खेलाडी छनौट हुनेछन । प्रतियोगिताबाट सन् २०१८ मा इन्डोनेसियामा हुने एशियाली हवाई खेलकुदका लागि चार जना महिला र ८ जना पुरुष खेलाडी छनौट गरिने भएको छ ।

एकोरेसी, क्रसकन्ट्री र टेण्डम गरी तीन वटा विधामा प्रतिष्प्रर्धा हुने भएको छ । एकोरेसी विधामा निर्णायकले दिएको निश्चित दुरी पार गरी निश्चित स्थानमा ल्याण्ड गर्ने । क्रसकन्ट्रीमा तोकिएको विभिन्न डाँडा पार गरी सवै भन्दा छिटो फर्कि तोकिएको स्थानमा ल्याण्ड गर्ने । टेण्डम विधामा लामो समय आकारमा उडान भर्दै तोकिएको स्थामा पुग्ने र ल्याण्ड गर्दा पनि तोकिएको स्थानमै ल्याण्ड गर्ने । खुल्ला  प्याराग्लाइडिङ प्रतियागितामा चीन, भारत, अमेरिका, बेलायत, सिंगापुर, मलेसिया, अष्ट्रेलिया, कोरिया लगायतका देशका खेलाडीको सहभागि हुने भएको क्लवले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद, नेपाल हवाई खेलकुद संस्था (ना), नेपाल प्याराग्लाईडिङ तथा ह्याण्ड ग्लाईडिङ स्ांघको सहयोगमा उक्त प्रतियोगिता हुने भएको हो ।

उक्त प्रतियोगिताले साहसिक हवाई खेलको प्रर्वधन गरि नेपालको पर्यटन क्षेत्रमा विषेश योगदान गर्ने, नेपालका हवाई खेलहरुमा भएका संभावनाहरुलाई अंन्र्तराष्टिय स्तरमा प्रचार प्रसार गर्ने, नेपाली हवाई खेलाडिहरुमा अन्र्तराष्ट्रिय स्तरमा प्रर्वधन गर्ने , हवाई खेलकुदलाई व्यवसायिक पर्यटनको रुपमा विकास गर्ने भएको आयोजकले जनाएको छ । स्वरेकमा क्लवले केही बर्ष देखि प्याराग्लाइडिङ सम्बन्धी प्रशिक्षण दिने स्कुल समेत गर्दै आएको छ भने उक्त स्थानमा टेण्डम फलाईट समेत हुने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !