२ मंसिर २०८१, आइतबार

चैतदेखि भदौसम्मको लाइसेन्स नविकरणमा जरिवाना नलाग्ने


लाइसेन्स

काठमाडौं, साउन २० । सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद सकिएका लाइसेन्स नवीकरण गर्दा जरिवाना शुल्क हटाइएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिएक छन् ।

नवीकरण गर्ने म्याद लकडाउन अवधिभित्र परेमा भदौ मसान्तसम्म जरिवाना छुट गर्ने निर्णय मन्त्री परिषदले गरेको हो । सरकारको निर्णयपछि विभागले सफ्टवेयर मिलाउने काम गरिरहेको हमालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !