१४ बैशाख २०८१, शुक्रबार

चितवनको भरतपुर फूलबारीमा इलाका प्रहरी कार्यालय


प्रहरी कार्यालय

भरतपुर, १३ कातिक । चितवनको भरतपुर महानगरपालिका-१५ फूलबारीमा इलाका प्रहरी कार्यालयको स्थापना गरिएको छ । यसअघि स्वास्थ्य चौकी रहेको भवनमा आजबाट इलाका प्रहरी कार्यालय स्थापना गरिएको हो ।

सो कार्यालयको गृहमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले आज उद्घाटन गर्नुभयो । सल्लाहकार सुवेदीले गाँउगाँउमा प्रहरी कार्यालय र चौकी स्थापना गरेर शान्ति सुरक्षा सवल बनाउन सरकार लागिरहेको बताउनुभयो ।

जम्मा ४५ जनाको दरबन्दी हुने गरी स्थापना भएको कार्यालयमा तत्काल १३ जनाबाट सेवा प्रवाह हुने र आवश्यकता अनुसार थप्दै लगिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामालगायतको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !