१ मंसिर २०८१, शनिबार

रुकुम सोती घटना : बाँकी ५ जना पुर्पक्षका लागि कारागार चलान


जेल_कारागार

रुकुम पश्चिम, ३१ असार । सोती घटनाका फरार ५ जना अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।

अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी वकिलको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि पठाउने आदेश भएको निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी दिनुभयो । उहाँका अनुसार चौरजहारी नगरपालिका–८ का तुलराम घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्ती मङ्गलबार अदालतमा उपस्थित भएका थिए । पाँचमध्ये भीमबहादुर घर्तीलाई भने असार २८ गते जिल्ला अदालतमा आफैँ हाजिर भएपछि बयान र बहसपछि पुर्पक्षका लागि सोही दिन कारागार चलान गरिएको थियो ।

यी पाँच जनासहित सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये ३० जनालाई पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ । तिनमा दुई नाबालक रहेको र उनीहरुलाई बालसुधारगृहमा पठाइएको छ । तीन जना साधारण तारेखमा छुटेका थिए भने एक जना रु एक लाख धरौटीमा छुटेका थिए । गत जेठ १० गते भएको सोती घटनामा जाजरकोट भेरी नगरपालिकाका पाँच र रुकुम(पश्चिम) चौरजहारी नगरपालिकाका एक गरी ६ जनाको ज्यान गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !