८ बैशाख २०८१, शनिबार

चितवन थप एक भाले गैँडा मर्यो


चितवन थप एक भाले गैँडा मर्यो

चितवन, १६ कात्तिक । चितवन राष्ट्रिय निकुञ्जमा आज थप एक गैँडा मरेको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा मृतावस्थामा भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार, अन्दाजी ३० देखि ३५ वर्षको गैँडा बुढो भएर मरेको हो । गैँडाको खाग र खुर सुरक्षित रहेका छन् । निकुञ्जमा यस आर्थिक वर्ष शुरु भए यता प्राकृतिक कारणले योसहित नौवटा गैँडा मरेका छन् ।

तस्करको गोलीबाट एउटा गैँडा मरेको भए पनि खाग र खुर भने सुरक्षित भेटिएको थियो । गत वर्ष प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए । प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि निकुञ्जले अध्ययन गर्न समिति समेत बनाएर काम अघि बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !