२ मंसिर २०८१, आइतबार

देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण


गुर्जोको बिरुवा

काडमाडौँ, ७ साउन । आन्तरिक राजश्व कार्यालय लहान–सिराहाका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले देशैभरि ‘गुर्जो’ को बिरुवा निःशुल्क वितरण गर्दै आउनुभएको छ ।

गुर्जो/गुरगुज/गिलोय/गुडुची/अमृता नियमित सेवन गर्दा निरोगी हुने बताउँदै आफूले अहिलेसम्म देश तथा विदेशमा गरेर २२ हजारभन्दा बढी गुर्जोको बिरुवा/बेर्ना निःशुल्क वितरण गरेको जानकारी दिनुभयो ।

अधिकृत राजलवटले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी आगामी दिनमा गुर्जोलाई आफूले ७७ वटै जिल्लामा निःशुल्क वितरण गर्ने बताउनुभयो । गुर्जोको फाइदा धेरै भएकाले नेपालमा प्रत्येक घरघरमा त्यसको बिरुवा राख्नुपर्ने उहाँको भनाइ छ ।

गुर्जोको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया रहेको बताउँदै त्यसका मुख्य तीन गुणहरु रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारीरिक शक्ति बढाउने र शरीरका विकारहरु बाहिर निकाली स्वस्थ बनाउने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गुर्जोको यही विशेषताले गर्दा अहिलेको विश्वव्यापी महामारीको रूपमा देखापरेको कोरोना भाइरस, जस्तोसुकै रुघाखोकी, पुरानोभन्दा पुरानो ज्वरो पनि निको पार्दछ ।”

गुर्जोको गुणहरु त्रिदोष नाशक (वात, पित्त, कफ), एन्टी-ब्याक्टेरियल, एन्टी-भाइरल, एन्टी-एलर्जिक, एन्टी-अक्सिडेन्टल, एन्टी-इन्फ्लामेटरी कुलिङ, एन्टी-ट्युमर र एन्टी-एसिड लगायतका धेरै रहेका उहाँले बताउनुभयो ।

उहाँका अनुसार गुर्जोको फाइदा तथा उपयोगितामा ग्याष्ट्रिक, रक्तचाप, मधुमेह, युरिक एसिड, कलेजो, मुटु, मिर्गौला, डिप्रेसन, एन्जाइटी, नशासम्बन्धी समस्या तथा मानसिक समस्याका लागि पनि उपयोगी हुनेछ । त्यसैगरी पाचनतन्त्र बलियो बनाउने, रगतमा प्लेटलेट्स बढाउने, जोर्नी दुःखाई कम गर्ने, सुनिन्ने, बाथ रोगमा पनि यो फलदायी हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !