२ जेष्ठ २०८१, बुधबार

काठमाडौं उपत्यकामा बुधवार मध्यरातदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी


तापक्रम

काठमाडौं, भदौ २। काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । आज उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भाेलि भदौ ३ गते राति १२ बजेदेखि १ हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवा बाहेक अरु सेवाहरु बन्द हुनेछन् । उपत्यकामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपनि प्रशासन सो निर्णयमा पुगेको हो ।

अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।

आज मात्रै काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी २०५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज काठमाडौं जिल्लाका १३८ जना, ललितपुर जिल्लाका ५० जना र भक्तपुर जिल्लाका १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हिजो काठमाडौं उपत्यकामा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २५०० हाराहारी पुगिसकेको छ ।

भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !