१२ पुस २०८१, शुक्रबार

गृह मन्त्रालयद्वारा रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक


गृह मन्त्रालय

काठमाडौँ, साउन १५ । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले आज साउन १५ देखि नै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो । तर अत्यावश्यक सेवा र ढुवानी भने गर्न पाइनेछ ।

उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै रातको समयमा नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउने मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्ति मार्फत जनाएका छन् ।

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन पनि सबै सुरक्षा निकाय समेत निर्देशन जारी गरिएको छ ।

यस्तो छ गृह मन्त्रालयको विज्ञप्ति

यस्तो छ गृह मन्त्रालयको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !