७ पुस २०८१, आइतबार

धान भन्दा कोदोबाट बनेका खानेकुरा बढी पौष्टिक किन मानिन्छन् ?


Paddy Millet धान कोदो
Ram-Thakuri
राम ठकुरी

नेपालमा पाइने धेरै खाद्यमध्ये पहाडका ८० प्रतिशत भन्दा बढी मानिसले कोदोको ढिंडो खान्छन् । कोदो सेतो र रातो हुन्छ । रातो कोदो उत्पादन राम्रो भएकाले बढी मात्रामा खेती गरिन्छ । रातो कोदो ५ हजार फिट भन्दा होचा सबै ठाउँम लगाइन्छ । तराई क्षेत्रमा प्रायः धानले खान पुग्ने हुँदा ढिँडो खाने मानिस पाइँदैनन् । सुदूरपश्चिमी अञ्चलका पहाडका दुई जिल्लामा पनि कोदोको ढिँडोभन्दा पनि रोटी प्रशस्त खाने गर्छन् । यहाँ महिनौंसम्म कोदोलाई नुन र खोर्सानीको धूलोमा चोबेर खाने जनसङ्ख्या करिब ९२ प्रतिशत छ ।

कोदो हेला गरिएको खाद्यान्न हो । तर यसमा अरू अन्मा भन्दा बढी क्याल्सियम पाइन्छ,जुन धान र मकैमा पाइने भन्दा पनि बढी हो । १ सय ग्राम कोदोको खाद्यवस्तुमा शून्य दशमलव ३ देखि श्ून्य दशमलवव ४ ग्राम क्याल्सियम पाइन्छ । यो मात्राकरिब ३ सय ग्राम चूनले मात्र दिन सक्छ । त्यसैले क्याल्सियमको उत्तम स्रोत हो– कोदो । हरियो तरकारीलाई क्याल्सियम, ‘भिटामिन सी’को उत्तम स्रोत मानिन्छ । क्यारोटिन नामक तरकारीको र ‘भिटामिन ए’ को पूर्वावस्था हो । यसैले २–३ वर्षको बच्चालाई २५ देखि ५० ग्राम, गर्भवतीर दूध चुसाउने आमालाई करिब १सय ग्राम हरियो सागपात भएको खानेकुरा दिनुपर्छ । तर सागपातबाट पाइएको क्याल्सियम पर्याप्त हुँदैन ।

कोदोको परिकारहरूमा ढिँडो सर्वाधिक प्रयोग हुने गर्छ । एउटा बाँसको दाबिलो डाडु)ले एकपटक उठाएको डल्लोलाई ढिँडोको एक डल्लो मानिन्छ । एक डल्लो ढिँडो करिब ३सय ३६ ग्रामा हुन्छ । एक डल्लो ढिँडोले ४ सय ४६ क्यालोरी शक्ति,८ ग्राम प्रोटिन, ७ दशमलव ६ग्राम चिल्लो, ८६ दशमलव ८ ग्राम कार्बोहाइडेट, शून्य दशमलव ५ ग्राम क्याल्सियम, ६ ग्राम फलाम, शून्य दशमलव ३ ग्राम फोसफोरस, २ सय ३० ग्राम अन्तर्राष्ट्रिय एकाइ बराबर भिटामिन ए, शून्य दशमलव ५ ग्राम थायमिन, शून्य दशमलव १३ ग्राम रिबोफ्लामिन प्रदान गर्छ । एक डल्लो ढिँडोलाई आधा कचौरा तरकारीसँग खाए करिब ४ सय ८० क्यालोरी शक्ति पाइन्छ । यो शक्तिले कार्यालयमा काम गर्ने मानिसलाई ५ घन्टा थेग्छ । कडा परिश्रम गर्नेलाई करिब ३ घन्टा काम गर्न पुग्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !