१२ बैशाख २०८१, बुधबार

राष्ट्रपति भण्डारीले आज मेलम्ची खानेपानीको औपचारिक रुपमा उद्घाटन गर्दै


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौं । मेलम्ची खानेपानीको काठमाडौंमा आज औपचारिक उद्घाटन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्ने मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले जानकारी दिए ।

उनका अनुसार दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुनेछन् ।

हालसम्म काठमाडौंको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण भएको छ । यसैबीच काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरू गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !