१४ बैशाख २०८१, शुक्रबार

भारतीयहरुले नेपाली चेलिबेटिलाई अपशब्द भन्न हामीबाटै सिकेका हुन् : केकी अधिकारी


केकी अधिकारी

जेठ ४, काठमाडौं । चलचित्र क्षेत्रमा अभिनय गरेका कलाकारहरुको बारेमा विभिन्न गसिपहरु आउनु स्वाभाविक हो । कहिले रार्मो कुरामा चल्छ त कहिले नराम्रो कुरामा पनि । कतिसम्म भने खाना खाँदै गरेको फोटोले समेत गसिप चर्किने गर्छन् । बलिउड नायिका अनुष्का शर्माले निर्माण गरेको ‘पाताल लोक’ नामक एक वेव सिरिजमा नेपाली महिलाहरुमाथि अपशब्द प्रयोग गरिएको दृश्यले सामाजिक संजालमा यसको चर्को विरोध भैरहेको छ ।

यस विषयमा नायिका केकी अधिकारीले पनि फेसबुकमा एउटा स्टाटस लेखेका छन् । केकी अधिकारीले, आफ्नै देशमा महिलामाथि यस्ता खालका शब्द प्रयोग भएको भन्दै उनीहरुले हामीबाट नै सिकेका हुन् भनेकी छिन् । केकीले लेखेकी छिन्, “भो छोडदिनुस् , आफ्नाले भन्न छाडेका छन् र अरुले नभनुन्?आज अरुले आफ्ना चेलीबेटीलाई देशकै नाम लिएर तुच्छ गाली गर्दा सार्है चित्त दुख्यो? मन पोल्यो? रगत उम्लेर आयो? आफ्नै भनाउदाहरुबाट यस्ता गालीहरु मुख अगाडी , मुख पछाडी , सामाजिक सन्जालमा, youtube मा वाल्छ्याल्ती नसुनेका, नदेखेका हौं र? हो, हामीबाटै सिकेका हुन् । यिनिहरुलाई भन्न मिल्ने रहेछ भनेर हामीले नै उकासेका हौँ। छातीमा हात राखेर भन्नुस त हामीले आफ्नै देशका दिदिबहिनीलाई यस किसिमका अपहेलना कति गरेका छौ? अनि हामी यो आशा गरिरहेका छौँ कि अरु चाही बदलिउन् । तर आफूलाई त जति पनि अधिकार छ महिलाको चरीत्र हत्या गर्ने? हैन? उता जे भयो ,जसरी उनीहरुले हामीलाई बुझे त्यो कदापि माफी योग्य छैन। तर के हामी ठीक छौँ ? एकपटक आफूले आफूलाई निसंकोच नियाल्ने कि ??”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !