११ बैशाख २०८१, मंगलबार

नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा


दिवेश पोखरेल

काठमाडौं । अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा नेपाली युवा दिवेश पोखरेल प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् । अमेरिकन आइडलको अडिसनदेखि नै निर्णायकहरुको मन जित्दै आएका छन् । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गर्दैआफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, “यो ठाउँमा उभिनु र तपाईंहरुको कानसम्म पुग्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो । मैले गल्लीहरुमा धेरै उत्कृष्ट संगीतकार, गायक देखेँ, थोरै कानहरुसहितका खाली हलहरु देखेँ । अहिले तपाईंहरुका लागि गाउन पाउँदा र मेरो आवाज तपाईंसम्म पुर्‍याउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको छु । मलाई भोट दिनुहुने सबैप्रति आभारी छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !