६ बैशाख २०८१, बिहिबार

गर्भवती नायिका भावुक हुँदै भनिन्, “डियर बेबी, अझै केही दिन भित्रै बस, अहिले संसारको स्थिती भयावह छ”


स्मृति खन्ना

एजेन्सी । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरस अहिले विश्वलाई नै तरंगित बनाएको छ । उक्त भाइरसका कारण विश्वभरी २१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । भाइरसका कारणले गर्दा अहिले देशहरुमा लकडाउनभएको छ ।

लकडाउनको समयमा अहिले विशेषगरी बलिउड फिल्म अभिनेत्रीहरु के-के गर्दैछन् भन्ने जानकारी दिने छौं । टिभी नायिका स्मृति खन्ना गर्भवती छिन् । उनको ९ महिनाको गर्भ पूरा भइसकेको छ । उनी संसारभरी फैलिएको कोरोनाको संक्रमणका कारण आफ्नो बच्चाको लागि चिन्तित र भावुक छिन् ।

स्मृतिले लेखेकी छिन्, “डियर बेबी, अझै केही दिन भित्रै बस । अहिले संसारको स्थिती भयावह छ, मलाई थाहा छैन भविष्यमा के होला । तर मलाई थाहा छ कि तपाईं पहिलेदेखि नै बलियो बलियो भएर यो संसारमा आउनुहुनेछ ।

तपाईं यस्तो दुनियाँमा जन्म लिनुहुनेछ जहाँ तपाईंले नयाँ तरिकाले बाँच्न सिक्नुपर्छ र यो कुनै खराब कुरा होइन । मलाई थाहा छ, तपाईंले आफ्नो हरेक दिन सेलिब्रेट गर्नुभयो । तपाईंको हरेक किक, चाल म चिन्दछु र त्यसलाई म असाध्यै माया गर्छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !