
एजेन्सी, बलिउड अभिनेता सलमान खानलाई विश्व रेसलिङ इन्टरटेन्मेन्टले चाँडै नै कस्टमाइज्ड डब्ल्यू डब्ल्यू ई च्याम्पियनशीप बेल्ट दिएर सम्मानित गर्न लागेको छ । भारतीय संचार माध्यमका अनुसार डब्ल्यूडब्ल्यूईले दबंग सिरिजको तेस्रो फिल्म ‘दबंग थ्री’लाई सेलिब्रेट गर्नका लागि यस्तो गर्न लागेको हो । ‘दबंग थ्री’ सिनेमा घरमा रिलिज भइरहेको छ ।