१३ बैशाख २०८१, बिहिबार

बलिउड अभिनेत्री प्रियंका चोपडाले खोलिन आफ्नो पतिको टप सेक्रेट बानी


एजेन्सी, बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो जीवनसँग जोडिएका कैयन् कुराको खुलासा गरेकी छिन् । अन्तर्वार्ताका दौरान प्रियंकाले आफ्ना पति तथा कलाकार निक जोनसका बारेमा पनि कैयन् राज खोलेकी छिन् । चोपडाले एक अन्तर्वार्ताका क्रममा निक जोनस भित्री मनदेखि पूर्ण रुपमा पञ्जावी भएको बताइन् । ‘जब निक पहिलोपटक यहाँ (भारत) आएका थिए, यो देश खुब मन पराएका थिए,’ उनले भनिन् ।

प्रियंकाले निक जोनस स्टेजमा जानुभन्दा पहिले के गर्छन् भनेर पनि खुलाइन् । उनका अनुसार निकले स्टेजमा जानुभन्दा पहिले पञ्जावी गीत सुन्ने गरेको खुलाइन् । उनले ड्रेसिङ रुपमा पनि बलिउडका गीत सुन्ने गरेको उनले सुनाइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !