७ बैशाख २०८१, शुक्रबार

एकैपटक गर्भवती भएका नौ नर्सले जन्माए बच्चा


एजेन्सी, केही महिनाअघि अमेरिकाको पोर्टल्याण्डमा एउटा निकै आनौठो घटना सार्वजनिक घटेको छ । उक्त अस्पतालमा कार्यरत नौ जना नर्सहरुले एकसाथ गर्भवती भएका नर्सहरुले अन्ततः सबैजनाले बच्चा जन्माएका छन् । अहिले उनीहरुको तस्वीर सोसल मिडियामा फेरि व्यापक चर्चा भइरहेको छ ।

पोर्टल्याण्डस्थित मेन मेडिकल अस्पतालको प्रसूति विभागमा कार्यरत ती नर्सहरु एकैपटक गर्भवती भएसँगै अस्पतालले नै आफ्नो फेसबुक पेजबाट तस्वीरसहित बधाई दिएको थियो । ती सबै नर्सले अप्रिलदेखि जुलाईको बीचमा बच्चा जन्माउने थिए, र भयो पनि त्यस्तै । अहिले बच्चाहरुको उमेर ३ हप्तादेखि साढे ३ महिनासम्मको छ ।

रोचक त के भने प्रसूति विभागमा काम गर्ने सबै नर्स एकै समयमा गर्भवती भएका थिए । कार्यस्थलमा उनीहरुले एकले अर्काको ख्याल गर्दथे, साथ दिन्थे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !