१६ आश्विन २०८१, बुधबार

बरिष्ठ ईन्जिनियर बीरेन्द्रको ‘आउन माया’ गीतको भिडियो सार्बजानिक (भिडियोसहित)


आउन माया

२६ असार, काठमाडौँ । नेपाली संगीत क्षेत्रमा लोक पप विधामा अत्याधिक मात्रमा प्रिय भएर चिनिएका गायक तथा जलविद्युत क्षेत्रका हस्ती बरिष्ठ इन्जिनियर बीरेन्द्र श्रेष्ठ र गायिका तथा मिडियाकर्मी योजना पुरीको ‘आउन माया’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोलाई भभसागर इन्टरटेनमेन्ट एलएलसी युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । एकपछि अर्को धमाकेदार म्युजिक भिडियो नेपाली साङ्गीतिक बजारमा आउने क्रममा यो अर्को दमदार साङ्गीतिक भिडियो नेपाली सङ्गीतका पारखीहरुले पाएका छन ।

राजपरिवारभित्र जवान राजकुमारीको बाहिरी दुनियासगँ कति अनबिज्ञता हुदोरहेछ भन्ने कटु यथार्थलाई निर्देशक निशान घिमिरेले पर्दामा उतारेका छन् । राजकुमारीको शानवान अनि चुलबुले मानवीय स्वभाव र सोही परिधिबाट बाहिरी निस्किनु खोज्दाका स्याहारे सुसारेसगँका संबादलाई समेत भिडियोमा राखिएको देखिन्छ । आज भन्दा करिब ८०/९० बर्ष पहिले राजकिय तामझामका साथ राजकुमारी हाटबजार पुग्दा सुन्दर ठिटोसङ्ग भेट भएपछि एकदमै रमाईलो हाटबजारको रंगिन् सेटमा गीतलाई जीवन दिएका छन, निर्देशक निशान घिमिरेले ।

अम्बिका गुरुङ्गको शब्द रहेको यस गीतमा दीपक शर्माको संगीत छ । एक राजकुमारीको भित्रि ईच्छालाई प्रस्तुत गरिएको गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल सृष्टि खड्कालाई फिचर्ड गरिएको छ । जहाँ सृष्टि राजकुमारीको भूमिकामा प्रस्तुत छिन् । भिडियोमा सृष्टिप्रति पुष्पको एकोहोरो प्रेम देखाईएको छ । पाँचथर निवासी बाल कलाकारहरु आयुस र अन्सु गुरागाईको बेजोड अभिनय समेत रहेको छ ।

भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी तथा निशान कश्यपले निर्देशन गरेका हुन् । गीत अनुसार भिडियो आकर्षक बनेको छ । उद्धव दाहालले भिडियो खिचेको हुन् भने विकास दाहालले यसको सम्पादन गरेका हुन् । समग्रमा गीत अनि भिडियो उत्कृष्ट बनेको र गायक श्रेष्ठलाई उनकै जातिय पहिचानको पोशाकमा पहिलो पटक देखिएको छ ।

हेर्नुहोस् भिडियो

यो पनि पढ्नुहोस्  

गायक बिरेन्द्र श्रेष्ठको ‘माया लाग्छ निष्ठुरीको’ गीतको भिडियो सार्बजानिक (भिडियोसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !