१३ बैशाख २०८१, बिहिबार

गायक बिरेन्द्र श्रेष्ठको ‘माया लाग्छ निष्ठुरीको’ गीतको भिडियो सार्बजानिक (भिडियोसहित)


माया लाग्छ निष्ठुरीको

५ कात्तिक, काठमाडौँ । नेपाली संगीत क्षेत्रमा लोक पप विधामा अत्याधिक मात्रमा प्रिय भएर चिनिएका गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठको आधुनिक गायन अनि बेमेल प्रेम कहानीमा आधारित ‘माया लाग्छ निष्ठुरीको’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक श्रेष्ठकै आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो ।

Birendra Shrestha

दशैको पावन अवसर पारेर गायक तथा इन्जिनियर बीरेन्द्रको गीतमा संगीतकार गुरू बिनय वर्मा र एरेन्जर विशन मानन्धरले संगीत भरेका हुन् भने गीतको एडिट राहुल प्रधानले गरेका छन् । प्रधानको निर्देशनमा बनेको भिडियोलाई चक्र महर्जनको छायाँङकन र बिजेश पौडेलको सम्पादन रहेको छ ।

विद्यमान समाजमा सम्पति अनि लोभलालचकै कारणले निम्त्याएको पारिवारिक बिखन्डनलाई भिडियोमा मोडल श्रीष्टि खड्का, निर्मल खत्री तथा नव मोडल सामिप्य श्रेष्ठले आफ्नो अभिनय मार्फत प्रस्तुत गरेका छन्। सामिप्यले सोहि भिडियो मार्फत डेब्युसमेत गरेका हुन्।

ताप्लेजुंग जिल्लाको सिनाममा जन्म भई दुई दशक अगाडि अर्मेनियाको बिश्वबिद्यालयबाट ईञ्जिनियरिङ्गमा ग्रेजुयेट गरी नेपालको जलबिद्युतको बिकास निर्माणमा समर्पित ईन्जिनियर बिरेन्द्र श्रेष्ठ २०७२ सालदेखि मात्र विधिवत रुपमा नेपाली सांगीतिक क्षेत्रमा देखिएका व्यक्तित्व हुन् । हालसम्म २ दर्जन भन्दा बढि गीतहरुमा स्वर भरिसकेका गायकले “आँखा लाउछन मलाई सबै” भन्ने गीतबाट मोडेल songs ले आयोजना गरेको अवार्ड कार्यक्रममा यही सन् २०१८ मै दोश्रो पटक BEST SINGER LOK POP को उपाधि चुम्न सफल भएका छन् ।

सर्वाधिक व्यस्त जीवनको बाबजुत यति मिठो गाउनु अनि समय पुर्याउनुलाई रहर अनि सोखले गराएको कर्म भन्दछन् गायक श्रेष्ठ । ईन्जिनियर तथा गायक बिरेन्द्रले हालसालै OS Nepal ले आयोजना गरेको दोश्रो OS NEPAL अवार्डमा समेत BEST LOK POP SINGER को उपाधि दिपक शर्माको शब्द संगीतमा अनि उदयराजको संगीत संयोजनमा बनेको ”घर हाम्रो लेकैमा” भन्ने गीत मार्फत पाएका थिए ।

भिडियो हेर्नुस्

यो पनि पढ्नुहोस्  

गायक बिरेन्द्र श्रेष्ठ बेस्ट सिङ्गर लोक पप उपाधिद्वारा सम्मानित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !