१४ पुस २०८१, आइतबार

यो दिल आखिर दिल हो


Kabita
Sharmila Khadka
शर्मिला खड्का (दाहाल)

यो दिल आखिर दिल हो, कुनै खेलौना होइन

स्विकार या नस्विकार तिमी, मलाई कुनै दरकार छैन

दुख्नु थियो दुख्यो, टुट्नु थियो टुट्यो

जोड्न तिमी प्रयास गर नगर, मलाई कुनै सरोकार छैन

 

कैयौँ नजर आए, यो नजरको बाटो छेक्न

कुनै नजरको पछि लागेर, मैले बाटो टुग्याएको छैन

भवराझैँ चाखि हिँड्छौ, त्यसैले पारखी बनेका रहेछौ

दिल टुटाउने खेल कति खेल्यौ, मैले हिसाब गरेको छैन

 

प्रेमको मुहान सुक्न हुन्न, कसैको दिल सुकेपनि

प्रेम र घृणा जीवनका लेनदेन हुन्, भो म सन्तुलन बिगार्दिनँ

तिम्रै मात्र भनी यो दिल, म साँचेर राख्न पनि सक्दिनँ

प्रेमको परिभाषालाई नै बदलिदियौ, अरु व्याख्या गर्न म सक्दिनँ

 

सपना आखिर सपना हुन्छ, विपना कहिले हुन्न

टुटेको सपना बोकी म अब, वियागको गीत गाउँदिनँ

तिमीजस्तो रसस्वीका लागि प्रेम रसलिने भोजन बनेपछि

प्रेमकै लागि भनी म अब, दुहाइको गीत गाउने छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !