१४ आश्विन २०८१, सोमबार

सञ्चारकर्मी राईको ‘बाबाले रोजेको’ भिडियो सार्वजनिक(भिडीयोसहित)


tampasher

२१ साउन, काठमाडौं । रेडियो तथा स्टेज कार्यक्रम सञ्चालकको रुपमा पछिल्लो समयमा निकैनै लोकप्रियता कमाएका युवा सञ्चारकर्मी टम्पशेर राईले ‘बाबाले रोजेको’ बोलको गीतमार्फत कलाकारितामा डेब्यु गरेका छन् ।

सञ्चारकर्मी राईको आफ्नै शब्द संगीतमा रहेको ‘बाबाले रोजेको’ गीतमा प्रथम नेपाली तारा दीपक लिम्बू र नव गायीका अल्का कार्कीढोलीको आवाज रहेको छ ।

राईको संगीतमा रहेको गीत आईतबार साझ ६ बजे सङ्सनेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

त्यस्तै म्यूजिक भिडियोको छायांकन रामकृष्ण चौलागाईले गरेका हुन् भने सम्पादन अर्जुन पोखरेलले गरेका छन् । काठमाडौंस्थित मुनलाईट फिल्मसँका सञ्चालन तथा युवा निर्देशक आशिक राईको निर्देशनमा सो म्यूजिक भिडियो तयार भएको हो ।
हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !