१ फाल्गुन २०८२, शुक्रबार

पत्रकार दिनेश सिटौलाको निधन


दिनेश सिटौला

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको नि’धन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा गएका चलचित्र पत्रकार सिटौलाको आज निधन भएको हो ।

ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो । बालेनसँगै चुनावी प्रचारका क्रममा माघ १६ गते सिटौला अछाम पुगेका थिए । सिटौला बालेनको चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार एक्कासि बेहोस भएका उनी लड्दा टाउकोमा गम्भीर चोट लागेर उपचारका क्रममा उनको ब्रेन ह्यामेरेजका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई सब–अरैक्नोइड हेमरेज भएको थियो । नुवाकोटका ४५ वर्षीय सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष हुन्।

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको नि'धन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !