काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको हो ।
दिल्लीस्थित आफ्नै निवासमा आज उनको ४२ वर्षको उमेरमा निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए । गायक तामाङको हृदयघातका कारण निधन भएको हो ।
तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् ।












