१ फाल्गुन २०८२, शुक्रबार

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको दु:खद निधन


नितु पौडेल

काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको दु:खद निधन भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा आज शुक्रबार बिहान साढे ८ बजे उनको निधन भएको हो ।

गत शनिबार पौडेलले अनामनगरस्थित गायक बाबुल गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

सो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई सोधपुछका लागि नियन्त्रणमा लिएर छाडेको थियो । यद्यपि गिरीविरुद्ध भने कुनै जाहेरी नआएको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !