१७ फाल्गुन २०८१, शनिबार

अंश नलिने गरी गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा


एलिना चौहान

काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौँ जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत आज मुद्दा दायर गरेकी हुन् ।

पति विष्णु सापकोटासँग अंश दाबी नगर्ने गरी एलिनाले वारेसमार्फत शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गराएकी हुन् । उनले पति विष्णुसँग अंश र मानाचामलको हकदाबी गरेकी छैनन् ।

झापाकी एलिनाले गत वैशाख १ गते बागलुङ निवासी अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका सापकोटासँग विवाह गरेकी थिइन् । पछिल्लोसमय एलिनाको दाम्पत्य जीवन राम्रो नभएको चर्चा हुँदै आएको थियो ।

एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको खुलाएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !