६ बैशाख २०८१, बिहिबार

सुचिन्दा श्रेष्ठ र सन्जिबको म्युजिक भिडियो ‘तिमी मेरो’ को व्यापक चर्चा


तिमी मेरो

काठमाडौँ । बुढानिलकण्ठ, रातो बँगला स्कुल हुँदै काठमाडौँ विश्वविद्यालयबाट भर्खरै उत्कृष्ट ग्रेडमा बिबिए सकेर एमबिए अध्ययनको लागि उत्कृष्ट विश्वविद्यालयको छनौट गरिरहेकी गायिका तथा यस गीतमा मोडलको समेत भुमिकामा देखिएकी सुचिन्दा श्रेष्ठको “तिमी मेरो” बोलको गीत भावसागर युट्युव चेनलमा रिलिज भएलगत्तै नेपाली साँगितिक बजारमा यो गीतको चर्चा चुलिएको छ ।

कालो केसमा रेलिमाई, फुलबुट्टे सारी, गाजल टिकिजस्ता चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक राजेश पुमा राईको निर्देशनमा बनेको म्युजिक भिडियोमा मोडल तथा नायक सन्जिब थेबे लिम्बू र गायिका सुचिन्दा श्रेष्ठ स्वयंले अभिनय गरेका छन् ।

भिडियोमा मुलुकको बिदेशिने ट्रेण्ड्ले तीन बर्षदेखि बिदेशमा रहेको प्रेमी (सन्जिब थेबे लिम्बु) लाई कुरिरहेकि प्रेमिका (गायिका तथा मोडल सुचिन्दा श्रेष्ठ) बीचको प्रगाढ प्रेमिल भावलाई समेटेर अत्यन्तै रोमान्टिक र संयोगान्त सन्देशमुलक कथामा प्रस्तुत गराउन सफल भएका छन चर्चित निर्देशक राजेशपुमा राई ।

वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा सजिएको “तिमी मेरो” बोलको गितलाई गायिका सुचिन्दा श्रेष्ठले आफ्नो उमेर समुहालाई लक्ष्यित गर्दै वेष्टन पप जनरामा बनाइएको यो गीतको संगीत, चर्चित संगीतकार तथा गायक अमन प्रधानले गरेका हुन्, एरेन्ज, मिक्स र माष्टर राहुल प्रधानले गरेका छन् भने गीतको रेकर्डिङ बि माईनर स्टुडियोमा गरिएको हो ।

भिडियोमा, उत्सब दहालको क्यामेरा, अस्मिता राईको मेकप, असिम रानाभाट स्टाईलिस, दिपेन माईकल प्रोडक्सन र बिकास दहालले एडिट गरेका छन् । ताप्लेजुङको सिरिजँघा गाउँपालिका १ सिनाममा जन्म भई हङकङलाई कर्मथलो र उतै बसोबास गर्दै आएका समाजसेवी वसन्त थेवे यो भिडियोको निर्माता हुन् ।

निर्देशक दिनेश लिङ्देनद्वारा निर्देशित नेपाली कथानक चलचित्र “शान्ति”मा अर्का नायक सुशील क्षेत्रीसंगै मूख्य भूमिकामा अभिनय गरिसकेका नायक तथा मोडल सन्जिब थेबेले अन्य केही म्युजिक भिडियोमा समेत आफ्नो अभिनय मार्फत नेपाली दर्शक स्रोतासमक्ष दर्बिलो उपस्तिथि जनाइसकेका छन् ।

मोडल तथा नायक सन्जिब थेबे लिम्बू आफ्नो कलेजको अध्ययन हङकङमै सकेर हङ्कङकै होटेलमा सहायक म्यानेजरको पदमा कार्यरत छन् । गायन, नृत्य र कलामा बच्चादेखि नै अब्बल सुचिन्दा श्रेष्ठको यसअघि “एक चोटि आईदेउन” बोलको गीत हाईलाईट्स नेपाल युट्युब चेनलबाट रिलिज भई सकेको छ ।

गायक तथा संगीतकार अमन प्रधान अन्तर्राष्ट्रिय भाषा तथा संस्कृति पर्व २०१५ मा नेपालको प्रतिनिधित्व गर्दै जर्मनी, रोमानिया, बेल्जियम, टर्की जस्ता चर्चित मुलुकहरूमा विश्वभरीका प्रतिस्पर्धीहरुहरुसँग प्रतिस्पर्धा गरिसकेका छन् भने दर्जनौ गीतमा संगीत र स्वर दिइसकेका छन् ।

कालो केसमा रेलिमाई, फुलबुट्टे सारी, गाजल टिकिजस्ता चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक राजेश पुमा राईको यो भिडियोमा अझ उत्कृष्ट कार्य दर्शक स्रोताले देख्न पाउने छन् ।

पन्चायतकालमा सिनाम पन्चायतमा निकै लोकप्रिय प्रधानपन्च भीष्मराज थेबेको जेठा छोरा वसन्त थेबेका छोरा सन्जिब थेबे लिम्बू सानो उमेरदेखि नै कला साहित्यमा लागिपरेका छन् । यसैगरी यो म्युजिक भिडियोका गायिका तथा मोडल सुचिन्दा श्रेष्ठ, सिनामको पन्चमी बजारका समाजसेवी /व्यापारी स्व: टेक बहादुर श्रेष्ठका जेष्ठ पुत्र गायक तथा समाजसेवी ईन्जिनियर वीरेन्द्र श्रेष्ठकी छोरी हुन् । सानै उमेरदेखि पढाई, गायन र नृत्यमा अव्वल आफ्नै बुबा ईन्जिनियर गायक वीरेन्द्र श्रेष्ठलाई प्रेरणाको स्रोत मान्छिन् ।

यस्तो छ भिडियो हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !