७ बैशाख २०८१, शुक्रबार

जिल्ला अदालत तनहुँले सफाइ दिएपनि पल शाह किन तत्काल रिहा हुने छैनन् ?


पल शाह

काठमाडौँ । जिल्ला अदालत तनहुँले अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिएको छ । आज मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।

एक नाबालिग गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे । ती नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहविरुद्ध मुद्दा दायर भएका थिए ।

पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेरेपछि यसअघि नवलपुर जिल्ला अदालतले बलात्कार मुद्दामा शाहलाई सफाइ दिएको थियो भने बाल यौन दुरुपयोगगको मुद्दामा दोषी ठहर गरी २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाइएको थियो ।

तनहुँ जिल्ला अदालतबाट सफाइ दिएपनि पल शाह भने तत्काल रिहा हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय तोकेकोले उक्त सजाय काटेपछि मात्र उनी जेलमुक्त हुनेछन् । यद्यपि शाहको तर्फबाट उच्च अदालत पोखरामा पुरावेदन मुद्दा दायर भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !