७ बैशाख २०८१, शुक्रबार

चर्चित गायक प्रकाश दूतराजले गरे आत्महत्याको प्रयास !


प्रकाश दूतराज

काठमाडौं । छोटो समयमा धेरै नेपालीको मन जित्न सफल चर्चित गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका गायक दूतराजले आत्महत्याको प्रयास गरेका हुन् ।

उनले अष्ट्रेलियाको स्थानीय समयअनुसार हिजो राति २ बजे झुण्डिने प्रयास गरेको बताइएको छ । उनी गायिका भूमिका गिरीसंग कन्सर्टका लागि अष्ट्रेलिया गएका थिए । प्रकाशले आत्महत्या प्रयासस्वरुप झुण्डिन खोज्दा गायिका गिरीले देखेर उद्धार गरेको बताइएको छ ।

६ दिनअघि मात्र उनले उनले आफ्नो सामाजिक संजाल फेसबुकमा अष्ट्रेलियाको ब्रिस्बेनका तीन वटा सिरियस मोडका फोटोहरु अपलोड गरेका छन् । उनको अवस्था अहिले सामान्य रहेको पनि बुझिएको छ । उनले आत्महत्या प्रयास गर्न खोज्नुको कारण अहिलेसम्म खुलेको छैन । प्रकाश र भूमिका केही दिनपछि अष्ट्रेलियाबाट नेपाल फर्किने भएका छन् ।

उनले अहिलेसम्म आफ्नो युटयुब च्यानलमा १३ वटा भिडियो अपलोड गरेकोमा ४ वटा भिडियोले ‘मिलियन्स भ्यूज’ भइसकेका छन् । उनका गीतहरुमध्ये ‘मन भुल्छ’, ‘जाम भो माइली’, ‘घर कता हो बहिनीको’ र ‘बैनी झ्यालैमा’ गीत सर्वाधिक चर्चित भएका छन् ।

चार महिनाअघि सार्वजनिक गरिएको गीत ‘मन भुल्छ’ को भिडियो ७५ लाखले हेरिसकेका छन् । यस्तै एक वर्षअघि सार्वजनिक गरिएको गीत ‘जाम भो माइली’ को भिडियो १ करोड ६० लाख भ्यूज भइसकेको छ ।

त्यस्तै एक वर्षअघि सार्वजनिक गरिएको गीत ‘घर कता हो बहिनीको’ को भिडियो २ करोड ६० लाखले हेरिसकेका छन् । साथै दुई वर्षअघि सार्वजनिक गरिएको गीत ‘बैनी झ्यालैमा’ को भिडियो १ करोड ३० लाख भ्यूज भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !