
काठमाडौं । बलिउड अभिनेता सलमान खानको ‘दबंग टुर रिलोडेड’ स्थगित भएको छ । बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका हुन् ।
आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको उनको कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको हो । ओडिसी इन्टरटेन्मेन्टको आयोजनामा हुन भनिएको उक्त कार्यक्रममा सलमान लगायत, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायत बलिउड कलाकारहरु नेपाल आउने कार्यक्रम तय भएको थियो ।
आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको बताइएको छ । सलमान लगायत उनको टिमलाई नेपाल ल्याउन बजेट नपुगेकोले कार्यक्रम स्थगित भएको अनुमान गरिएको छ ।