२६ बैशाख २०८१, बुधबार

सदावहार नायक भुवन केसीले काठमाडौंको मेयरमा उम्मेदवारी दिने


काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका सदावहार नायकको रुपमा सुपरिचित भुवन केसीले काठमाडौंको मेयरमा उम्मेदवारी दिने भएका छन् । अभिनेता केसीले उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका हुन् ।

उक्त पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको हो । हिजो मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त पार्टीको हिजो बसेको केन्द्रीय कार्य समितिको बैठकबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा नेपाली कला संस्कृतिका मूर्धन्य व्यक्तित्व संसारका सबै देशका लागि सद्भावना राजदूत सरह भूमिकामा रहेका काठमाडौंका पुस्तैनी वासिन्दा, काठमाडौं महानगरपालिका भित्रको सम्पदा, समस्यालाई राम्रो बुजेको भुवन केसीलाई अगाडि सारेको हो ।

यस्तै काठमाडौं महानगरपालिकाको उपमेयरमा शहरीया गरिवीको अनुसन्धानकर्मी सुकुम्बासी बस्तीमा जन्मे हुर्केकी थापाथली बागमती पुलमुनि बस्ने रेश्मालाई उठाउने भएको हो । उपमेयर पदमा लामो समयदेखि महानगरपालिकाले हरेक वर्ष उठिवास लगाउने गरेको थापाथली पुल मुनि रहेको सुकुम्वासी बस्तीमा हुर्की बढी सोही स्थानको सानो प्लाष्टिकको छाप्रोमा रहँदै बस्दै स्नातक तह उत्तीर्ण गरेकी वैदेशिक रोजगारीमा समेत गएर त्यहाँ नेपालीको सम्मान नहुने गरेको पीडाबाट देशमै केही गर्छु भनी फर्किएर हाल शहरीया गरिबीको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेकी लामालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

लामो समयदेखि पार्टीको संवाद समितिले गरेको छलफलपश्चात राइट टु रिजेक्ट, राइट टु रिकल, प्रत्यक्ष प्रजातन्त्र र उन्नत लोकतन्त्र प्रतिको प्रतिबद्धता गर्नुभएपछि उहाँलाई पार्टीको परराष्ट्र विभाग समेतको विभागीय अध्यक्षको जिम्मेवारी पनि तोकिएको छ ।

पार्टीले केसीको उम्मेदवारीमा खुला किताब चुनाव चिन्हसहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको नेपालको भनाइ छ । उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको छ ।

यस्तो छ उन्नत लोकतन्त्र पार्टीले निकालेको प्रेस विज्ञप्ति

यस्तो छ उन्नत लोकतन्त्र पार्टीले निकालेको प्रेस विज्ञप्ति यस्तो छ उन्नत लोकतन्त्र पार्टीले नियस्तो छ उन्नत लोकतन्त्र पार्टीले निकालेको प्रेस विज्ञप्तिकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !