१२ श्रावण २०८१, शनिबार

अभिनेता सलमान खानलाई अदालतमा पेश हुन आदेश


एजेन्सी । भारतीय अभिनेता सलमान खानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

सलमानमाथि अशोक श्यमाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेको छ ।

मुम्बईको अंधेरी मजिस्ट्रेट कोर्टले सलमान खान र उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालत पेश हुन आदेश दिएको छ ।

ती पत्रकारले भनेका थिए, “सलमानले ममाथि कुटपिट गरेका थिए र मेरो फोृन पनि खोसेका थिए ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !