२ कार्तिक २०८१, शुक्रबार

सञ्चारकर्मी देउजाको ‘धेरै वर्षपछि देख्दा तिम्रो सिउँदो भरेको पाएँ’ बोलको गीत बजारमा (भिडियोसहित)


Deuja Song

२० चैत, काठमाण्डौ ।  नयाँ वर्षको अवसर छोप्दै सञ्चारकर्मी सन्तोष देउजा ‘धेरै वर्षपछि देख्दा तिम्रो सिउँदो भरेको पाएँ’ बोलको म्यूजिक भिडियोसहित बजारमा आएका छन् ।

देउजाको आफ्नै शब्द रचना र अभिनय रहेको म्यूजिक भिडियोलाई युवराज केसरीले निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा देउजासहित केसरी र मनिषा पन्तले अभिनय गरेका छन् । रोशन कार्कीको स्वर रहेको म्यूजिक भिडियो रोयल इन्टरटेनमेन्टमार्फत बजारमा ल्याइएको हो ।

बाल्यकालकी प्रेमीकालाई धेरैवर्षपछि भेट्दा अरु कसैले सिउँदो रंगाएको देखेपछि त्यस बेला हुने पीडालाई म्यूजिक भिडियोमार्फत जीवन्त दिने प्रयास गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !