१४ बैशाख २०८१, शुक्रबार

गायक दुर्गेश थापाले सार्वजनिक गरे पहिलोपटक श्रीमती र छोरासँग तस्वीर (तस्वीरसहित)


गायक दुर्गेश थापा यसपटक पारिवारिक परिचय सहितको पहिलो भिडियो सार्वजनिक गर्ने तयरीमा छन्। उनले आफ्नो पहिलो सन्तान दक्क्षित थापालाई समर्पित गर्दै “पहिलो माया दक्क्षित” लाई सार्वजनिक गर्न लागेका हुन्।

थापाले श्रीमती प्राची लामा र छोरासहितको तस्वीर शेयर गर्दै लेखेका छन् “10 गते YouTube D_series मा सङ्गीत क्षेत्रमा लागेदेखी नयाँ नयाँ काम गर्न रुचाउने म । यसपटक पारिवारिक परिचय सहितको पहिलो भिडियो सार्वजनिक गर्ने तयरी गर्दैछु । मेरो पहिलो सन्तान दक्क्षित थापालाई समर्पित गर्दै ” पहिलो माया दक्क्षित” लाई पनि माया दिनुहोला । दक्क्षित ३ महिना पुगेको अवसरमा रिलिज हुन लागेको यो सिर्जनाले तपाईहरुको भरपुर माया पाउनेछ भन्ने विश्वास लिएको छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !