काठमाडौंँ । नेपाली चलचित्रकी नायिका नीता ढुंगाना र युवा ज्योतिष हरिहर अधिकारीबीच प्रेम सम्बन्ध रहेको समाचारहरु बाहिरिएका छन् । नायिका ढुंगाना र नायक अधिकारीवीच केहि समय अगाडीदेखि प्रेममा रहेको विभिन्न संचार माध्ययममा आएको छ ।
तर उनीहरु दुबैजनाले भने स्वीकारेका छैनन् । एक मिडियामा कुरा गर्दै नायिका ढुंगानाले भने पछिको समयमा हाम्रो बिहे पनि हुन सक्ने बताएकी छिन् । पछिको कुरालाई अहिले नै हुन्छ हुँदैन भन्न नसक्ने भन्दै हुन सक्ने बताएकी हुन् ।
हुन त पछिल्लो समय फिल्म क्षेत्रमा नीता र हरिहरको प्रेमको चर्चा छ । केही बर्षदेखि एकअर्कालाई डेट गरिरहेका उनीहरुले प्रेमको बिषयमा खुलेर बोलेका भने छैनन् । तर उनीहरुको सम्बन्धले भने प्रेम ब्यक्त गरिरहेको छ । यति राम्रो यी मायालु जोडी अहिले भने सहकार्य गरेर टेलिभिजन कार्यक्रम ल्याउने तयारी गरिरहेका छन् ।
केही अगाडि एक भजन गीत गाएर आफूलाई गायिकाको रुपमा अगाडि ल्याएकी अभिनेत्री नीता ढुंगाना अब निर्देशकको रुपमा पनि देखिने भएकी छन् । अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीले ल्याउन लागेको नयाँ शो ‘द हरिहर अधिकारी शो’ उनको निर्देशनमा आउँन लागेको हो ।
सेलिब्रेटीका वर्तमान र भविष्यको चर्चा गरिने शोमा रेखा थापा, कोमल ओली लगायत अतिथी लिएर केही भाग छायाँकन भई सकेका छन् । जसको निर्देशन उनले गरेकी हुन् । लामो समयदेखि कान्तिपुर टेलिभिजनमा ‘मार्गदर्शन’ कार्यक्रम संचालन गर्दै आएका हरिहरले यसै टेलिभिजन मार्फत ‘द हरिहर अधिकारी शो’ ल्याउन लागेका हुन् ।
नीता एक भोजपुरी फिल्मको छायाँकनका लागि भारतको आगरमा पुगेको बेला हरिहर पनि उनलाई भेट्न त्यहाँ पुगेका थिए । नीतालाई भेट्न हरिहर त्यहाँ पुग्नुलाई धेरैले उनीहरुको बीच प्रेम रहेको समेत अनुमान सहजै गर्न सकिन्छ । उनीहरुले भारतको ताजमहल अगाडी खिचेका तस्वीरहरु पनि सामाजिक संजालमा सेयर गरेका थिए ।