काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले सामाजिक संजाल ट्वीटरमा भावुक स्टाट्स लेखेकी छन् । आज आइतबार उनले नाम र पहिचानको नशा सधैंको लागि बोक्नु राम्रो नहुने शन्देशमूलक ट्विट गरेकी छन् ।
पृष्ठभूमिमा केहि महिला र यूवतीहरुसहित आफ्नो एउटा तस्वीर सेयर गर्दै उनले जिन्दगीमा कतिबेला औषधी बिष बन्छ र कतिबेला बिष औषधी बन्छ ठेगाना हुन्न भनेर राम्रो कुराको अपेक्षा गर्दा कहिले नराम्रो परिणाम आउन सक्ने र नराम्रो कुराको आशा गर्दा कहिले राम्रो परिणाम आउन सक्ने संकेत गरेकी हुन् । हो अवश्य पनि जिन्दगी भनेकै उकाली र ओराली भन्ज्याङ र चौतारी त हो नि ।
उनले लेखेकी छन्, ‘जिन्दगीमा कतिबेला औषधी बिष बन्छ र कतिबेला बिष औषधी बन्छ ठेगाना हुन्न । नाम र पहिचानको नशा सधैंको लागि नबोक्नु राम्रो ।’
जिन्दगीमा कतिबेला औषधी बिष बन्छ र कतिबेला बिष औषधी बन्छ ठेगाना हुन्न । नाम र पहिचानको नशा सधैंको लागि नबोक्नु राम्रो । pic.twitter.com/jZdGH1597R
— Rekha Thapa (@rekhafilms) March 21, 2021