८ बैशाख २०८१, शनिबार

नायिका श्वेता खड्काले मंसिर २२ गते बिहे गर्दै, यस्तो छ उनको विवाहको कार्ड


श्वेता खड्का

काठमाडौं । नायिका श्वेता खड्काले यहि मंसिर २२ गते धनगढीका विजयेन्द्र सिंह रावतसँग दोस्रो विवाह गर्न लागेकी छिन् । विवाहको सबै तयारी पूरा भइसकेको बुझिएको छ । विवाहको कार्ड समेत छापेर सीमित आफन्तहरु र साथीहरुलाई निम्तो दिइएको छ ।

विजयेन्द्रसँग केही समययता श्वेता प्रेम सम्बन्धमा थिइन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुने बुझिएको छ । विजेन्द्रको बिहेका लागि उनका बुबा आमा काठमाडौं आइसकेका छन् भने विजेन्द्र पनि काठमाण्डौंमै छन् ।

गएको दशैँका बेला श्वेता र विजेन्द्रको टीका लगाएको तस्बिर सामाजिक सञ्जालबाट बाहिरिएपछि श्वेताको बिहेबारे चर्चा चलेतापनि श्वेताले सो कुरा नकार्दै आएकी छन् । नायिका स्वेता खड्काले यो बर्षको मातातिर्थ औसीमा विजयेन्द्रकी आमालाई शुभकामना समेत दिएकी थिइन् ।

उनले दोस्रो पटक विवाह गर्न लागेकी हुन् । उनी स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी पहिली पत्नी हुन् । विवाहको १ महिनापछि श्रीकृष्णको न्यूमोनियाका कारण निधन भएको थियो ।

२०७१ सालमा श्रीकृष्णको निधनपछि श्वेताले चलचित्रमा सक्रियता देखाइरहिन् । उनी चर्चामा पनि रहिन् । घर परिवार र साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्का विवाह गर्ने सोचमा पुगेकी हुन् ।

यस्तो छ उनको विवाहको कार्ड

 श्वेता खड्काको विवाहको कार्ड

यो पनि पढ्नुहोस्

मंसिर २२ मा लगनगाँठो कस्दै नायिका श्वेता खड्का, को हुन् उनका हुनेवाला दोस्रा पति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !