८ बैशाख २०८१, शनिबार

भारतको यस बर्षको अन्तर्राष्ट्रिय चलचित्र मेला अर्को बर्षलाई सर्यो


अन्तर्राष्ट्रिय चलचित्र मेला

गोवा, ८ असोज । भारतमा हुने बार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस बर्ष नहुने भएको छ । यस बर्ष हुने मेला अर्को बर्ष मात्रै आयोजना गर्नेगरी सारिएको छ । यस बर्ष यही आगामी नोभेम्बर २० देखि भारतको गोवामा ५१ औँ संस्करणको मेला आयोजना गर्ने तय भएको थियो ।

भारतमा कोरोनाभाइरसको महामारी फैलिने क्रम नरोकिएकाले यस बर्ष मेला आयोजना गर्न सकिने संभावना कम देखेर सारिएको अधिकारीहरुले जनाएका छन् । आयोजकहरुको आधिकारीक ट्वीटर हेन्डलमार्फत् कार्यक्रम सारिएको बारेमा जानकारी गराइएको हो ।

उनीहरुले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “यस बर्ष आयोजना गर्ने तय भएको ५१औँ संस्करणको अन्तर्राष्ट्रिय चलचित्र मेला यस बर्ष गर्न नसकिने भएको छ । यो मेला अहिलेलाई स्थगित गरेर अर्को बर्ष सन् २०२१ को जनवरी १६ देखि २४ सम्म गर्ने तय भएको छ ।”

विगत पाँच दशकदेखि हुदै आएको भारतको बहुप्रतिष्ठीत बार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस बर्ष नोभेम्बर २० देखि २८ सम्म आयोजना गर्ने तय भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !