२ जेष्ठ २०८१, बुधबार

आज र भोलि काठमाडौंका केही स्थानमा विद्युत् सेवा कटौती हुने


NEA

काठमाडौं, वैशाख २८ । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि राजधानीका केही स्थानमा विद्युत् सेवा कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार कार्यका लागि स्वीचाटार-स्वयम्भु फिडरबाट वितरित लाइन काटिने जनाएको हो ।

ती स्थानको विद्युत् लाइन छुटाइ कार्य गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिए । ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा माग्दै तोकिएको काम समय अगावै सम्पन्न भएको खण्डमा विद्युत् सेवा उपलब्ध हुने जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु