३ फाल्गुन २०८२, आइतबार

हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणमा कार्यकारी निर्देशकको पद


हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणमा कार्यकारी निर्देशकको पद

काठमाडौं । सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि हितेन्द्रदेव शाक्यले आज बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पद सम्हालेका छन् ।आज बुधबार बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर उनले कार्यभार सम्हालेका हुन् ।

गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रूपमा सरुवा गरेको थियो । शाक्यलाई हटाउन ऊर्जामन्त्री घिसिङले मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस गरेका थिए ।

सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय बदर गर्दै शाक्यलाई पुनः प्राधिकरणकै कार्यकारी निर्देशक पदमा पुनर्स्थापना गर्न आदेश दिएको थियो ।

सर्वोच्चले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रस्ताव पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको ठहरसमेत गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !