११ पुस २०८१, बिहीबार

विद्युत् प्राधिकरणले जोड्यो काटिएका उद्योगको लाइन


नेपाल विद्युत् प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडेको छ । प्राधिकरणले गत कात्तिक ८ गते काटेका उद्योगहरूमा लाइन जोडेको हो ।

हिजो मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको थियो । गत आइतबार मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।

हिजो ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसहित बसेको सञ्चालक समितिको बैठकले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।

मंगलबार रातिदेखि लाइन जोड्न क्षेत्रिय कार्यालयहरूलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर यसबारे थप जानकारी दिने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !