११ आश्विन २०८१, शुक्रबार

नेपालको १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव भारतीय मन्त्रिपरिषद्बाट स्वीकृत


भारतीय मन्त्रिपरिषद्

काठमाडौँ । नेपालको १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव भारतीय मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको जानकारी दिएका हुन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै राजदूत शर्माले भारतको मन्त्रिपरिषद्ले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् खरिद गर्ने स्वीकृतिले नेपालमा विद्युत् विकासको नयाँ मार्गचित्र तयार गर्ने बाटो खुला गरेको बताएका छन् ।

उनले यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्वपूर्ण भूमिका खेल्न सक्ने पनि औलाएका छन् । भारतीय मन्त्रिपरिषदको निर्णयसँगै अब नेपालमा थप बिजुली उत्पादन गर्ने, प्रोजेक्टहरू कसरी बनाउने भन्नेबारे अध्ययन अघि बढ्ने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गत जेठ महिनामा भएको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखिएको बताएका थिए ।

यो पनि पढ्नुहोस्

भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !