१९ असार २०८१, बुधबार

आगामी २ वर्षभित्र सवै नेपालीको घरमा विद्युत पुर्याइने


संसदमा रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २ वर्षभित्र सवै नेपाली नागरिकको घरमा विद्युत पुर्याइने बताएका छन् । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

गरिव तथा विपन्न परिवारलाइ निःशूल्क विद्युतीय मिटर वितरण गर्ने घोषणा पनि सरकारले गरेको छ । सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई नि:शुल्क विद्युत उपलब्ध गराउने भएको छ । यस्तै सरकारले खाना पकाउने ग्यासलाई विद्युतबाट प्रतिस्थापन गर्ने पनि भएको छ ।

यो पनि पढ्नुहोस्

गोरखकाली रवर उद्योग र हेटौडा कपडा उद्योग पुन: संचालन गरिने

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति पौडेल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !