८ मंसिर २०८१, शनिबार

माथिल्लो कर्णाली : प्रगति न्यून


माथिल्लो मस्याङ्दी ‘ए’ को विद्युत् अझै उत्पादन हुन सकेन

कर्णाली । नौसय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणका लागि नेपाल सरकार र भारतीय उर्जा कम्पनी जीएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा भएको परियोजना विकास सम्झौता ९पीडीए० मा सात वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ ।

यहीसेप्टेम्बर १९ मा सात वर्ष पुरा हुँदैछ । सम्पन्न हुनु त के प्रर्वद्धक कम्पनी जीएमआरले आयोजना निर्माणका लागि आवश्यकपूर्व तयारीका कामसमेत अझैं टुंग्याएको छैन् । दुई वर्ष भित्र वित्तीय व्यवस्थापन ९फाइनान्सियलक्लोजिङ० र बाँकी पाँचवर्ष निर्माण अवधि गरी सात वर्षमा आयोजना पुरा गर्ने सम्झौता भएपनि माथिल्लो कर्णालीको प्रगति भने शून्य छ ।

माथिल्लो कर्णालीबाट विद्युतउत्पादन गर्न सरकारले ग्लोबल टेण्डरमार्फत सन् २००८ मा भारतीय कम्पनी जीएमआरलाई छनौट गरेको थियो । त्यसयता कम्पनीले सर्भे, अध्ययनकै काममा अधिकांश समय बितायो ।

नेपाल सरकारले पिडिए गरेर आयोजना निर्माणको वातावरण बनाएपनि जीएमआरले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु अझैं पुरा नगर्दा आयोजना अनिश्चित बनेको हो । आयोजना कार्यान्वयन गर्ने निकाय लगानीबोर्डले सन् २०१८ सेप्टेम्बरमा सकिएको जीएमआरको म्यादथप गरेको छैन् । सरकारले पछिल्लोपटक २०७५ असोजसम्म म्यादथप गरेको थियो ।

जीएमआरले विद्युत् खरिद सम्झौता ९पिपिए० गर्न सकेको छैन् । जीएमआर अपर कर्णाली जलविद्युत आयोजनाले लगानी बोर्डसमक्ष बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड र भारतीय विद्युतव्यापार निगमबीच चार महिनाभित्र हस्ताक्षर गर्ने प्रतिवद्धता जनाएको छ । पिपिएको समय तालिका सहित म्याद थपकालागि निवेदन दिएपनि बोर्डले यसबारे निर्णय गरेको छैन् ।

आयोजनाका प्रमुख केके शर्माले बंगलादेशमा लकडाउन भएकाले पिपिएको काम प्रभावित भएको बताउनुभयो । “पिपिएमै फोकस भएर काम गरिरहेका छौं, बंगलादेश पिपिएकालागि सहमतभइसकेको छ,” उहाँले भन्नुभयो, कोरोना परिस्थिति सहज भइसकेपछि छिट्टै पिपिए हुन्छ ।” यद्यपि,विशेष र काबु बाहिरको परिस्थितिउत्पन्नभएमा निर्माण अवधि चार वर्ष छमहिनासम्म थप्न सकिने उल्लेख छ ।

प्रवद्र्धक कम्पनीलेआयोजनाप्रभावित क्षेत्रमा निजीजग्गा अधिग्रहण, रुख कटान लगायतकाकाम भइरहेको जनाएको छ । कम्पनीले हालसम्म ४८।५९ हेक्टर निजीजग्गामध्ये १० हेक्टर खरिद गरिसकेको छ । आयोजनाको पिपिए ढिलाइले वित्तीय स्रोत सङ्कलनमा असर परेको छ । कम्पनीले भारतीय विद्युतव्यापार निगमसंग उत्पादित बिजुली बंगलादेश बिक्री गर्न एमओयू गरिसकेको छ । जीएमआरका अनुसार बंगलादेश सरकारले माथिल्लो कर्णालीबाट उत्पादित९०० मध्ये ५०० मेगावाट विद्युत् आफै डलरमा खरिद गर्नेछ ।

दैलेख, अछाम र सुर्खेतमा पर्ने कर्णाली नदीबाट विद्युत् उत्पादन गरी भारत लैजाने उद्देश्यले माथिल्लो कर्णालीआयोजना अघि बढाउन थालिएको हो । सम्झौताअनुसार आयोजनाबाट नेपाल सरकारले २७प्रतिशत शेयर तथा १२ प्रतिशत ९१०८ मेगावाट० बिजुलीनिःशुल्कपाउनेछ ।

रु. ११६ अर्ब लागतखर्च हुने अनुमान गरिएको योआयोजना २५ वर्षपछि सरकारलाई निःशुल्क हस्तान्तरण गर्नुपर्नेछ । बाँधस्थल९ड्याम० दैलेख र विद्युतगृह ९पावरहाउस० अछाममा रहनेछन् । दैलेखको डाबमा ड्यामबनाई २।५ मिटर लामो सुरुङमार्फत् १५० मिटर तलखसालेर अछामको बाल्देमा विद्युतउत्पादन गर्ने लक्ष्य छ ।

निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ९बुट० मोडलमा आयोजनानिर्माणको खाकाबनाइएको छ । सरकारले आयोजनानिर्माणमा सहजीकरण गर्न कर छुट अनुदानलगायतकाथुप्रै सुविधादिएपनिजीएमआरले पिपिए गर्न सकेको छैन् ।

आयोजना निर्माणका लागि आयात गरिने सिमेन्ट, रड र स्टिलजन्य सामग्री खरिद गर्दा भन्सारमा ५० प्रतिशत छुट दिइने पिडिएमा व्यवस्था छ । काबु बाहिरको परिस्थिति सिर्जना भएमा, कानूनमा परिवर्तन भएमा वा सरकारले दायित्वपुरा नगरी तोकिएको समयभित्रकाम सम्पन्न गर्न नसकी कर छुट नपाउने व्यवस्था आएमा त्यसको सम्पूर्ण क्षतिपूर्ति सरकारले तिर्नुपर्ने पिडिएमा व्यवस्था छ । यहीव्यवस्था कारण जीएमआरसंगको सम्झौता अन्त्य गर्न पनि नेपाल सरकारले उल्टै क्षतिपूर्ति तिर्नुपर्ने अवस्था रहेको जनाउँदै जलस्रोत क्षेत्रकाकतिपय विज्ञले पिडिएप्रति आपत्ति जनाउँदै आएका छन् ।

‘आयोजनाहोल्ड गर्ने नियत’

माथिल्लो कर्णालीआयोजना सरोकार समितिले आयोजना‘होल्ड’ गर्ने नियतले कम्पनीले निर्माणमा चासो नदिएको आरोप लगाएको छ । रुख कटान, जग्गा अधिग्रहण तथामुआब्जावितरण, पुनस्र्थापनातथापुनर्वास लगायतका काममा अनावश्यक ढिलाइ भएको स्थानीय बताउँछन् ।

प्रभावित क्षेत्र दैलेखको डाबका बासिन्दा जीवन थापाले आफूहरुलाई आयोजना बन्छ भन्नेमा विश्वासलाग्न छाडेको बताउनुभयो । “१३–१४ वर्षदेखि यताकुनै प्रगति छैन्, खालीआयोजना बन्छ भनेर हल्लामात्रहुँदै आएको छ,”उहाँले भन्नुभयो, “यतिथोरै जग्गा अधिग्रहण गर्न नसक्ने कम्पनीले कसरी आयोजनानिर्माण गर्न सक्ला ”

सरोकार समितिका संयोजक एवं अछाम भैरवस्थानवासी बमबहादुर वीसीले सुबिधा प्राप्त अवस्थामा पनि कम्पनीले आयोजना अघि बढाउन नसक्दा आशंका पैदा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लागतकाहिसाबले यो निकै सस्तो, प्राविधिकहिसाबले निकै उपर्युक्तआयोजनाभएको विभिन्नअध्ययनले पुष्टि गरिसकेको छ, तैपनि जीएमआर अल्झिएको छ।” सरकारले कि त उसको म्यादथप्नु पर्ने कि बिदा गर्नुपर्ने उहाँले भनाइ छ ।

उहाँले जग्गा अधिग्रहणमा पनि बेवास्ता गरेकाले आयोजना अघि बढ्नेमा आशंका उब्जेको बताउनुभयो । आयोजना अघि नबढ्दा स्थानीयस्तरमा अन्यौलता धेरै बढेको छ । जीएमआरले अझैं ६२२ रोपनीजग्गा अधिग्रहण गर्न बाँकी छ । स्थानीय रहेको स्थानीयको आयोजनाको भविष्य अनिश्चित हुँदा प्रभावित क्षेत्रका स्थानीयले निजी संरचनानिर्माणमा अन्यौलता देखिएको गुनासो छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !