चरिकोट । दोलखामा स्थगित गरिएको मतगणना पुनः सुचारु गरिएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतगणना गर्ने क्रममा मतपत्र हराएपछि स्थगित गरिएको मतगणना पुनः सुचारु भएको हो ।
दोलखाको कालिन्चोक गाउँपालिका-१ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित गरिएको थियो । नेकपा एमालेले ती मतपत्रको टुंगो नलगाएसम्म मतगणना सुचारु हुन नसक्ने अडान लिएपछि सर्वपक्षीय बैठक बसेर समझदारी गरेपछि भने अहिले मतगणना जारी रहेको छ ।
दोलखामा अहिलेसाम्म गणना भएको मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५०३५ मत ल्याएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।