१२ बैशाख २०८१, बुधबार

मोरङ-३ बाट सुनिल शर्मा विजयी, भानुभक्त ढकाल र रेखा थापा हारे


डा. सुनिल शर्मा, भानुभक्त ढकाल र रेखा थापा

काठमाडौं । मोरङ क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका सुनिल कुमार शर्मा विजयी भएका छन् । शर्माले नेकपा (एमाले) का भानुभक्त ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापालाई पराजित गर्दै विजयी भएका हुन् ।

शर्माले ४६ हजार ९३६ मत ल्याएका विजयी भएका हुन् भने एमालेका ढकालले २५ हजार ७४ मत ल्याए । त्यस्तै रेखाले १० हजार ७१० मत ल्याएर तेस्रो स्थानमा सीमित भइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !