१३ बैशाख २०८१, बिहिबार

तनहुँ–१ बाट कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित


रामचन्द्र पौडेल फाइल फोटो

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेले एमालेका एकबहादुर रानालाई लगभग ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।

पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित भएका हुन् भने रानाले १९ हजार ९४३ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याएका तेस्रो स्थानमा रहे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३० मत प्राप्त गरेका छन् भने राप्रपाका विनोद घर्टीले २ हजार ४८७ मत ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !