७ बैशाख २०८१, शुक्रबार

चितवन-२ बाट भारी मतको अन्तरले रवि लामिछाने विजयी


रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी फाइल फोटो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नं २ बाट फराकिलो मतले विजयी भएका छन् । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष लामिछाने चितवन-२ बाट भारी मतले विजयी भएका हुन् ।

लामिछानेले ४९ हजार २६१ मत ल्याएका विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी सत्तारूढ गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १५ हजार ९९ मत ल्याएका छन् ।

लामिछानेले आफ्ना निकटतम् प्रतिस्पर्धी श्रेष्ठभन्दा ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् । यस्तै नेकपा (एमाले) का कृष्णभक्त पोखरेलको १४ हजार ६४९ मत प्राप्त गरेर तेस्रो स्थानमा सीमित रहे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !