४ बैशाख २०८१, मंगलबार

झापा-२ बाट एमालेका देवराज घिमिरे निर्वाचित


देवराज घिमिरे

झापा । झापा क्षेत्र नं. २ बाट नेकपा (एमाले) का देवराज घिमिरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । घिमिरेले आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २२५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

घिमिरेले २८ हजार ६९७ मत प्राप्त गरेर विजयी भएका हुन् भने नेपालले २६ हजार ४४१ ल्याएका छन् । यस्तै सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का हरि रानाले १३ हजार ९२४ मत मात्र ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !