१० मंसिर २०८१, सोमबार

रुपन्देही-४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ल विजयी


सर्वेन्द्रनाथ शुक्ल

लुम्बिनी । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदकुमार यादवलाई पाँच हजार दुई सय ९६ मतान्तरले पछार्दै विजयी भएका हुन् ।

कुल ७६ हजार छ सय ७५ मतमध्ये शुक्लले २८ हजार मत प्राप्त गरि विजयी भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताएका छन् । निर्वाचन कार्यलयका अनुसार शुक्लका निकटतम् प्रतिस्पर्धी तथा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका यादवले २२ हजार ७ सय चार प्राप्त गरेका छन् । जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार पाँच सय २६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का ओमप्रकाश यादवले दुई हजार छ सय २३, नेपाल जनता पार्टीका महेन्द्र सिंहले एक हजार ८६, नागरिक उन्मुक्ति पार्टीका सत्यदेव चौधरी चार सय ६५, राष्ट्रिय जनमुक्ति पार्टीले एक सय ९९ तथा नेशनल मङ्गोल पार्टीले ५३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्मरीमाई गाउँपालिका–४ जिगिना स्थायी घरभएका शुक्ल यस क्षेत्रबाट तेस्रो पटक चुनाव जितेका हुन् । उनी छ पटक मन्त्री भइससकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !