१३ बैशाख २०८१, बिहिबार

अछाम–२ बाट कांग्रेसका पुष्पबहादुर शाह विजयी


पुष्पबहादुर शाह

अछाम । अछाम क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका छन् । सो निर्वाचन क्षेत्रमा २२ हजार नौ सय ५४ मत ल्याएर शाह विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञबहादुर बोगटीले १६ हजार एक सय १४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शाहले छ हजार आठ सय ४० मत बढी ल्याएका हुन् । अछाम–२ मा ७९ हजार छ सय २१ मतदाता सङ्ख्यामध्ये ४१ हजार आठ सय ८१ मत खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !